कबड्डी ४ को नयाँ ट्रेलर सार्वजनिक



काठमाडौं, वैशाख १४ – नेपाली सिनेमा कबड्डी ४ को नयाँ ट्रेलर सार्वजानिक भएको छ । आगामी जेष्ठ १३ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डी अन्तिम तथा चौथो भाग हो ।

अघिल्ला भागहरुमा अनेकन प्रयासका बाबजुत पनि फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई) को विवाह हुन नसकेकोमा अबको यस् अन्तिम भागमा के काजीक विवाह होला त भन्ने विषयले दर्शकहरु माझ कौतुहलता जगाई रहेको अवस्थामा भर्खरै रिलिज भएको फिल्मको ट्रेलरले पनि काजीको विवाहहोला वा नहोला भन्ने कौतुहलतालाई थप बढाएको देख्न सकिन्छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दी तामाङ , बिजय बराल , गौमाया गुरुङ , कमलमणी नेपाल उपेन्द्र सुब्बा लागयतका कलाकारहरुको भूमिका रहेको छ ।

राम बाबु गुरुङको निर्देशनमा बनेको यस् चलचित्र ४ महिना अगाडि टिजर रिलिज भएसँगै चर्चामा छाएको छ भने चलचित्रको केशरी बोलको गीतलाई पनि दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : ०० बजे