“जन्म भूमि भन्दा ठुलो छैन अरु” गीत सार्वजनिक



 ​​​​​​काठमाडौं, वैशाख १८ – “जन्म भूमि भन्दा ठुलो छैन अरू” नामको गीत आज सार्वजनिक भएको छ |  

गीतकार सङ्घ नेपालको हलमा आयोजना गरिएको कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको थियो |  “जन्म भूमि भन्दा ठुलो छैन अरू” नामक गीतको रचना देवी पराजुलीले गर्नुभएको छ भने हाइलाइटस् नेपाल (HighlightsNepal) ले युट्युब च्यानल मार्फत  सार्वजनिक गरेको थियो | गीतमा रिता केसी र सञ्जय तुम्रोकले स्वर दिनुभएको छ भने अशोक कुमार राईले सङ्गीत दिनुभएको छ |

कार्यक्रममा प्रमुख अतिथिको रूपमा कृष्ण हरि बराल, विशेष अतिथिमा सहरी विकाश मन्त्रालयका सचिव रमेश सिंह, नेपाल सरकारका सहसचिव विष्णु पौडेल , नेपाल सरकारका उपसचिव प्रेम प्रसाद घिमिरे र लय सङ्ग्रौला लगायतको उपस्थिति रहेको थियो  |

पृथक् रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको “जन्म भूमि भन्दा ठुलो छैन अरू” गीतको भिडियो शिवराज गौतमले निर्देशन गर्नु भएको थियो भने कोरियोग्राफी सुनिता दोङ र सुरज लिम्बु गर्नुभएको थियो | गीतको भिडियोमा देवी पराजुली र अनिल महरालाई फिचर गरिएको छ भने सिनेमटोग्राफी गोविन्द घिमिरेले गर्नु भएको थियो । 

जन्म भूमि प्रतिको माया र प्रेमलाई उक्त गीत र भिडियोबाट प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २४ बजे