५ सय ४ पालिका प्रमुखको परिणाम: कांग्रेसले ४५ र एमालेले ३० प्रतिशत जिते



वैशाख ३० गते भएको स्थानीय चुनावको बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाहरु चुनावी परिणाम घोषणा भएको छ ।

जसमा नेपाली कांग्रेसले २२६ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । जुन घोषित परिणामको करिब ४५ प्रतिशत रहेको छ । त्यसैगरी १ सय ४५ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले ९८ स्थानमा जीत हासिल गरेको छ । यसअघि भएको स्थानीयतह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ९-९ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतन्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १७ स्थानीय तहको प्रमुख जितेका छन् ।

त्यसैगरी उप प्रमुखतर्फमा २ सय १३ को स्थानीय तहको उप प्रमुख जितेको छ । त्यसैगरी एमालेले १ सय ५१, नेकपा माओवादी केन्द्रले १ सय ३, नेकपा एकीकृत समाजवादीले १६ स्थानीय तहको उप प्रमुखमा जीत हासिल गरेको छ । जनता समाजवादी पार्टीले १०, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उप प्रमुखमा जित हालिस गरेको छ ।

महानगरपालिका, उप महानगरपालिका, धेरै मतदाता रहेका नगरपालिकाहरुको मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : २८ बजे