नीति तथा कार्यक्रममाथि वहस

झलनाथ खनाल भन्छन् : सरकारले विदेश नीतिमा सन्तुलन गुमायो, चीनविरुद्ध अमेरिकालाई उक्सायो



सत्ता गठबन्धनका एक शीर्ष नेता नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारको विदेश नीति संगतीपूर्ण नदेखिएको भन्दै प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

तिब्बत मामिला हेर्ने अमेरिकी विदेशमन्त्रीलाई नेपाल बोलाएर सरकारले चीनविरुद्ध उक्साउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा बिहीबार संसदमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले तिब्बती शरणार्थी क्याम्पमा अमेरिकी उपविदेश मन्त्रीको भ्रमण र तीन चारवटा देशका राजदूतले स्वागत गरेको भन्दै यसमा सरकारको धारणा मागेका हुन् ।

खनालले अमेरिकी उपविदेश मन्त्रीलाई नेपाल निम्तो कसले दियो ? भन्दै राष्ट्रिय हितमाथि चोट लाग्ने काम भएको आरोप समेत लगाए । सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको भन्दै अमेरिकी हस्तक्षेप बढेको आरोप लगाए ।

उनले एमसीसी पारित गर्दाको व्याख्यात्मक घोषणा कसले लग्यो ? भन्दै अहिले कोही चरो-मुसो समेत बोल्न छाडेको आरोप लगाए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ७ : १८ बजे