प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि राष्ट्रपति सीको आह्वान



बेइजिङ, १७ जेठ ९रासस÷सिन्ह्वा) – चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गर्नुभएको छ ।

सोमबार दोस्रो चीन–प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको बताउनुभयो । हालैका वर्षहरूमा चीन र प्रशान्त टापुका देशहरूबीचको व्यापक रणनीतिक साझेदारीले पारस्परिक सम्मान र साझा विकासलाई निरन्तरता दिएको छ भने त्यसले दक्षिण–दक्षिण सहयोग र पारस्परिक लाभको लागि राम्रो उदाहरण प्रस्तुत गरेको राष्ट्रपति सीले बताउनुभयो ।

सन् २०२१ को अक्टोबरमा औपचारिक रूपमा स्थापना भएको चीन–प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकको संयन्त्रले दुवै पक्षलाई सघन वार्ता गर्न तथा आपसी विश्वास र सहयोग बढाउन महत्वपूर्ण मञ्च प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । चीन र प्रशान्त टापुका देशहरूबीचको दूरीको बाबजुद पनि बेइजिङले राष्ट्रपति सीको मार्ग निर्देशनमा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न र विकासका अवसरहरू खोज्न प्रशान्त महासागरका टापु देशहरूसँग घनिष्ठ सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ५ : ५६ बजे