अर्थमन्त्री शर्माले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बजेट निर्माणका क्रममा करका दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको गम्भीर आरोप लागेका अर्थमन्त्री पदमा रहन नमिल्ने भन्दै चौतर्फी दवाव थियो ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजिनामा दिएको बताएका हुन् ।

आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो । शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए ।

उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु ।’

उनले भने, ‘छानबिन समितिले म माथि हजारौं छानबिन गराेस् ।’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : १८ बजे