देशलाई हार्न नदिने एमालेले जित्नुपर्छ – ओली




काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई र्हान नदिन एमालेले निर्वाचन जित्नु पर्ने बताएका छन् ।

देश र जनताका लागि एमालेलाई चुनाव हार्ने छुट नभएको पनि उनले बताएका छन् । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

अहिलेको सरकारले एक वर्षमा नै देशलाई दुर्गतीमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उनको तर्क छ ।


ओलीले सत्तारुढ गठबन्धनका नेताहरुको कुनै लक्ष्य र गन्तव्य नभएको बताए । ‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आआफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भने, ‘यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’
ओलीले भने ‘माधव नेपालको त नाम नलिउँ होला उनको त छटपटीमा जुनी बित्छ, गन्तव्य सन्तव्य केही छैन, बिचराको ।’

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ०० बजे