मदन पुरस्कारका लागि आठ कृति छनोट



मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ ।

विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शव्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ ।

यी मध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ०० बजे