सिट बाँडफाँड बैठकमा संयोजक सिटौला नै अनुपस्थित




काठमाडौं– सत्ता गठबन्धनको मंगलबारको बैठकले पनि सिट बाँडफाँटको टुँगो लगाउन सकेन् । मापदण्डमै सहमति नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

कार्यदलका एक सदस्यले बुधवार पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने बताएका छन् । बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बुधवार पुनः बैठक बसेर टुंगो लगाउने सहमति भएको उनले बताए ।


गठबन्धनबीच स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सिट बाँडफाँटको मुख्य आधार बनाइएको उनले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : ४१ बजे