९ औं राष्ट्रिय खेलकुद

टेबल टेनिसमा नेपाल प्रहरी च्याम्पियन



पोखरा — नेपाल प्रहरी टिम नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित प्रहरी टिम च्याम्पियन बनेको हो ।

प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ कांस्य पदक हात पार्न सफल भयो । एपीएफले १ स्वर्ण, ४ रजत र १ कांस्य पदक जित्यो ।

वाग्मती प्रदेश १ रजत र २ कांस्यसहित तेस्रो भयो । आर्मीले २ कांस्य, एनआरएनएले २ कांस्य, प्रदेश १ ले २ कांस्य र गण्डकी प्रदेशले १ कांस्य पदक जितेका छन् ।

महिला सिंगल्सको स्वर्ण नविता श्रेष्ठले जितिन् । उनले एलिना महर्जनलाई ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को सेटमा पराजित गरेकी हुन् । दुवै पुलिसका खेलाडी हुन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कांस्य पदक जिते ।

पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण जिते । उनले प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को सेटले पराजित गरे । पुलिसका प्रदीप रोका र एपीएफका संयोग कपालीले कांस्य जितेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : १८ बजे