नेपाली मुलकी परिजिता अमेरिकी संस्करण द भ्वाइसको नटआउट चरणमा



नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् । ब्याटल राउन्डमा जित निकाल्दै उनी नटआउट चरणमा पुगेकी हुन् ।
नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले दुई प्रतिस्पर्धीलाई हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।
कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाउन सुझाएका थिए । उक्त गीत गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाइन् । जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ३८ बजे