नेपालले भारतलाई कूटनीतिक नोट पठाउँदै भन्यो – सीमा क्षेत्रमा संरचना बनाउनु परे दुवै देशको सहमतिमा



काठमाडौँ — महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।
परराष्ट्रका एक अधिकारीका अनुसार भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।
यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : २४ बजे