कार्यसम्पादन समिति बैठक

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय



काठमाडौं– नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिने र कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको बताए । ‘यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ’ उनले भने ।

माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपनि ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउने निश्कर्षमा कांग्रेस पुगेको हो । आइतबारकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३० बजे