अहिले एमालेसँग मेलमिलाप हुन सक्दैन — माधव नेपाल



काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकारको कुरा अलमल्याउने कुरामात्र भएको बताएका छन् ।


पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन सोमवार आयोजित कार्यक्रममा उनले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने बताए । ‘कसैले गैरवामपन्थी सरकार बनाउने, कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेका छन्, यस्ता अलमल्याउने कुरामा लाग्नु हुँदैन, नेपालले भने, ‘भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं ।’

नेकपा एमालेसँग अहिले नै मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि उनले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : ५६ बजे