एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत्, पौडेल प्रस्तावक, नेम्वाङ समर्थक



काठमाडौं— नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता बनाएको हो ।
निर्वाचनमा जाँदा नै एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सारेको थियो । ओली एमालेका चुनावी कमाण्डर हुन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मत भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।
बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग पनि गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ४३ बजे