माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत्



काठमाडौं– नेकपा (माओवादी) केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको पदाधिकारी बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भए । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन ।
राष्ट्रियसभातर्फ दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भए । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।

नेपाली कांग्रेसमा बाहेक अन्य सवै दलमा पार्टी प्रमुख नै संसदीय दलको नेतामा सर्वसम्मतीबाट चयन भए । कांग्रेसमा भने युवा नेता महामन्त्री गगन थापाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चूनौती दिएका थिए । थापालाई आफ्नै समुहका नेताले समेत मत दिएनन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ११ बजे