प्रचण्ड नेपालका ४४ औं प्रधानमन्त्री नियुक्त, १७० सांसदको समर्थन




काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।


प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । उनले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । प्रचण्डलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् । त्यस्तै प्रचण्डलाई स्वतन्त्र सांसद प्रभु शाह र अमरेश सिंहले पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : १० बजे