सरकारको प्रवक्तामा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल



काठमाडौं– मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री नियुक्त नभएसम्मलाई उनलाई  प्रवक्ता जिम्मेवारी दिइएको हो ।

‘संचारमन्त्री नियुक्त नहुँदासम्म सरकारको प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेललाई तोक्ने निर्णय मन्त्रिपरिषद्को बैठक गरेको छ’ मुख्य सचिव शंकर बैरागीले दृष्टान्तसँग भन्नुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ०१ बजे