सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा मिल्यो, भोलि मन्त्रिपरिषद् विस्तार



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलवार दिउँसो १ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

सत्तारुढ दलहरुबीच सोमबार अवेर मन्त्रालय भागवण्डा टुंगिएपछि मन्त्रिपरिषद् विस्तार हुनेभएको हो । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डा मिलाइएको थियो ।

‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आ(आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।’
कुनै मन्त्रालय हेरफेर भएपनि सपथ भने १ बजेका लागि तय भएको उनले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ५१ बजे