रास्वपाबाट खनाल शिक्षामन्त्री, सोविता उपसभामुख



काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने भएको छ ।

सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा उक्त पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने निर्णय भएको हो । त्यस अनुसार, शिशिर खनाल शिक्षामन्त्री बन्ने सम्भावना छ भने डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री बन्ने सम्भावना छ । उपसभामुख पाएको अवस्थामा सोविता गौतम बन्नेछिन् ।

पार्टीका नेताहरुसँग पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेले तीन मन्त्री, एक राज्यमन्त्री र उपसभामुख पाउने सहमति भएको बताएका हुन् । पार्टीले मन्त्री चयन गर्ने अधिकार पनि लामिछानेलाई दिएको छ । उपप्रधान तथा गृहमन्त्रीका सचिवालय संयोजक रहेका रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार, रास्वपाले आज बिहान मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाउने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ४२ बजे