नेपाल र पाकिस्तानबीच संसदीय सहकार्य हुने



पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुक बीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

राजदूत अधिकारी र राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ८ : २७ बजे