पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन



पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिनुभयो । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुुनुहुन्थ्यो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ३८ बजे