क्रिकेटर लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति, उच्च अदालतको आदेश सदर



काठमाडौं– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर पनि गरेको हो ।
लामिछाने क्रिकेट खेल्न नेपाल बाहिर जान पाउँ भन्दै धरौटीमा छाड्न निवेदन दिएका थिए ।

यसअघि उच्च अदालतले धरौटीमा रिहा गर्न दिएको आदेशलाई सर्वोच्चले सदर गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ४१ बजे