जनयुद्धमा मारिएका ८ हजार ३७१ सहिदको नाम राजपत्रमा प्रकाशित



काठमाडौं– माओवादीको १० बर्षे सशत्र जनयुद्धमा मारिएका व्यक्तिहरुलाई शहिद घोषणा गर्दै उनीहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिएको छ ।  राजपत्रमा ८ हजार ३७१ जना सहिदको नाम समावेश छ ।

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हो ।

मन्त्रिपरिषदले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : ३३ बजे