पुटिनविरुद्धको पक्राउ पूर्जी ‘ट्वाइलेट पेपर’ जस्तै हो : रुसका पूर्वराष्ट्रपति मेदभेदव



काठमाडौं – रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदवले अन्तराष्ट्रिय फैजदारी अदालत (आइसीसी) ले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी गरेको पक्राउ पूर्जीलाई ‘ट्वाइलेट पेपर’ को संज्ञा दिएका छन् ।

पक्राउ पूर्जी जारीपछि त्यसमा ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले त्यो ट्वाइलेट पेपर भएको बताएका हुन् । क्रेमलिनले आइसीसीको उक्त वारेन्टको कानुनी रुपमा कुनै हैसियत नभएको र रुस आइसीसीको कुनै अंग नभएको बताएको छ । मस्कोले हेग अवस्थित यो अदालतको कार्यक्षेत्रभित्र रुस नपरेको र त्यसको कुनै अर्थ नभएको प्रतिक्रिया जनाइ सकेको छ । रुस आइसीसीको सदस्य होइन ।

आइसीसीले रुस–युक्रेन युद्धमा रुसले बालबालिकलाई युद्धमा प्रयोग गरेको र गैरकानुनी रुपमा युक्रेनी बालबालिकालाई डिपोर्ट गरेको आरोप लगाउँदै पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ३९ बजे