पाँच डीआईजीको एआईजीमा बढुवा, महानिरिक्षक सिंह चैत ११ बाट अनिवार्य अवकाशमा



काठमाडौं– सरकारले पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । गृहमन्त्रालयको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले नै गृह मन्त्रालयसमेत हेर्दै आएका छन् ।

गृहमन्त्रालयले यसअघि नै उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । ३० वर्षे सेवा अवधि कायम रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ बाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले बढुवा भएका पाँच जनामध्येबाटै महानिरिक्षकको छनौट हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ५९ बजे