राहुल गान्धीको सांसद पद खारेज



भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्य खारेज भएको छ ।

लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो । सन् २०१९ मा आयोजित एक चुनावी सभालाई संवोधन गर्दा दिएको अभिव्यक्तिलाई लिएर अदालतले उनलाई दुई बर्षको जेल सजाय सुनाएको थियो । त्यही सजाय सुनाएको भोलिपल्टै उनको सांसद पद खारेज भएको हो ।

गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ ९१० र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको लोकसेवा सचिवालयको सूचनामा उल्लेख छ ।

उनले भाजपाका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको थरको बारेमा गरेको टिप्पणीले समस्त मोेदी थरको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले जेल सजायँको फैसला गरेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : ४९ बजे