भोलि विहान मन्त्रालय र मन्त्री टुँग्याउने, दिउँसो शपथ



काठमाडौं– प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आज गर्ने भनिएको विस्तार भागबण्डाका कारण नटुंगिएपछि भोलि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहाल गठवन्धनका नेताहरुसँग सामुहिक वैठक गर्नृअघि साना दलका नेताहरुसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

तर बिहीवार सहमतिमा पुग्न नसकेपछि भोलि अन्तिम चरणको वार्तापछि मन्त्रिपरिषद् विस्तार गरिने तयारी छ । ‘मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार टुंगो लाग्छ’, गजुरेलले भने ।

१० पुसको सत्ता गठबन्धन आफैं भत्काएर निर्वाचनताकाको गठवन्धन फर्काएपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनी आफैंले १६ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : १४ बजे