मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड, आज सपथ



प्रधानमन्त्री प्रचण्डले आजमन्त्रिपरिषद विस्तार गर्दैछन् । हिजो गर्ने भनिएको विस्तार भागबण्डाका कारण नटुंगिएपछि आज गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले आज गठवन्धनका नेताहरु बैठक गरेपछि दिउँसो सपथको कार्यक्रम हुनेछ ।
‘मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु आज टुंगो लाग्छ’, गजुरेलले भने ।

१० पुसको सत्ता गठबन्धन आफैं भत्काएर निर्वाचनताकाको गठवन्धन फर्काएपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनी आफैंले १६ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०९ बजे