करका दर हेरफेर गर्ने पुर्वनासु घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सवा दुई करोड मागदाबी



काठमाडौं– अख्तियार दुरुप्रयोग बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको हो । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका उनले भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा राजीनामा दिएका थिए ।
सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैरकानुनी सम्पत्तिका रुपमा किटान गरेर २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढेरबढाइएको चलरअचल सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो जरिवाना र गैरकानुनी सम्पत्ति जफत हुनेगरी मुद्दा दायर गरिएको बताए । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ३२ बजे