सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता



बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ ।

विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोँले बताए ।

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बावजुद भएको भेटले रूस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको छ ।

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एयरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्वपूर्ण परिणाम देखेको उनले बताए ।

जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले बताए ।

अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गरे ।

“चीन र फ्रान्स बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका पक्षधर हुन् । मतभेद र अवरोधबाट माथि उठ्ने, स्थिर, पारस्परिक लाभप्रद, उद्यमशील र गतिशील व्यापक रणनीतिक साझेदारीको समग्र दिशामा अघि बढ्ने र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि साँचो बहुपक्षीयताको अभ्यास गर्ने क्षमता र जिम्मेवारी उनीहरूसँग छ ।

राष्ट्रपति म्याक्रोंको चीन भ्रमण विश्वसँग चीनको पूर्ण रूपमा खुला आर्थिक सम्बन्ध सुरु भएपछि र सीको ‘दुई कार्यकाल’ को सफल समापनपछि भएको हो ।

चिनियाँ राष्ट्रपति सीले यो भ्रमणले चीन–युरोप सम्बन्धमा नयाँ गति प्रदान गर्ने र नयाँ ऊर्जा ल्याउने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ६ : १७ बजे