१ सय १८ केजी अवैध लागूऔषध चरेससहित ३ जना पक्राउ



पर्सा । पटेर्वासुगौली गाउँपालिका ५ देउरियाबाट अवैध लागूऔषध चरेस १ सय १८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका(५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका ८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : ५२ बजे