सभामुख निवासमा तीन दलका शीर्ष नेताको वैठक



काठमाडौं– सभामुख देवराज घिमिरेको पहलमा उनकै निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरुबीच बैठक सुरु भएको छ ।

छलफलमा संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा छलफल हुनेछ ।

दलहरुवीचको सहमतिमै संसदीय कार्यसूची अघि बढाउने उदेश्य राखेर सभामुखले यसअघि पनि बैठक गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेपनि बैठकमा सहभागी छन् । महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि वैठकमा सहभागि छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : ४० बजे