परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता



काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मन्त्री साउदले आजै मात्र नियुक्त भई पदभार सम्हालेका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ५५ बजे