बालकोटमा प्रधानमन्त्री, ओली र सभामुखबीच भेटवार्ता हुँदै



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा वार्ता शुरु हुँदैछ । वार्तामा सभामुख देवराज घिमिरे पनि सहभागि हुँदैछन् ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न र महत्वपूर्ण एजेण्डामा छलफल गर्न प्रचण्ड बालकोट आउन लागेका हुन् । भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे पनि छलफल गर्ने तयारी भएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ४६ बजे