म र बिष्णु पौडेलबीच मतभेद छैन, मिलेर निर्णय गरेका छौं : एमाले महासचिव पोखरेल



नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेबीच कुनै मतभेद नभएको र सवै निर्णय सहमतिमै भएको बताएका छन् ।

मिसन ग्रासरुट अभियानको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा महासचिव पोखरेलले हरेक विषयमा पौडेलसँग सल्लाह र छलफल गरेर टुंगोमा पुग्ने गरेको बताए ।

‘विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं’, उनले भने, ‘हामीबीच आपसमा कुनै मतभेद छैन । कतिपयले मतभेद छ भनेर हल्ला गरिदिन्छन् ।’

महासचिव पोखरेलले एमाले सँधै जनताको साथ हुनुपर्ने र जनतासँग जोडिनुपर्ने भन्दै त्यसो नभएमा अनेक खाले तत्वहरु सक्रिय हुने बताए । उनले भने ‘जनताका विषयलाई हामीले मुद्दा बनाउन नसक्दा समाजलाई भड्काउनेहरु अगाडि आउँछन’, पोखरेलले भने, ‘यदि बलिया र पुराना शक्तिले जनसरोकारका मुद्दा बोक्न सकेनौं भने कमजोर हुनेछौं,जनसरोकारका विषय पहिचान गरी पार्र्टीलाई परिचालन गर्नुपर्छ ।’

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ४ : ४९ बजे