एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने



काठमाडौँ । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो ।

उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही वैशाख १० गते सकिएको छ । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : १३ बजे