माइक्रोसफ्टको व्यवसायका लागि ईयू आकर्षक केन्द्र



लन्डन । माइक्रोसफ्टले ब्रेक्जिटपछिको बेलायतले प्रतिस्पर्धाको डरका कारण भिडियो गेम निर्माता ‘एक्टिभिजन ब्लिजार्ड’को विशाल अधिग्रहणलाई रोकेपछि युरोपेली सङ्घ (ईयू) व्यवसायका लागि ‘बढी आकर्षक’ भएको बताएको छ ।

बेलायती नियामक निकायले ‘कल अफ ड्युटी’ निर्माताकम्पनीका लागि ६९ अर्ब अमेरिकी डलरको सम्झौता रोकेपछि उपाध्यक्ष तथा अध्यक्ष ब्राड स्मिथले क्लाउड गेमिङप्रभावित हुने र उपभोक्ताको रोजाइमा अङ्कुश लगाउने डरले यस्तो टिप्पणी गरेका छन् ।

यो सम्झौता ईयू र संयुक्त राज्य अमेरिकाबाट अनुमोदनको पर्खाइमा रहेको बेला आएको छ । केही विश्लेषकहरूले यदि माइक्रोसफ्ट र एक्टिभिजनले पुनरावेदन आफ्नो पक्षमा आउन असफल भएमा प्रस्तावित अधिग्रहणको लागि बेलायती समूहले सेवा अन्त्यको सङ्केत दिन गर्नसक्छ ।

“सेवा बिक्रीलाई यूरोप केन्द्रित गर्न चाहेमा माइक्रोसफ्टका लागि युरोपेली सङ्घ व्यवसाय सुरु गर्नका लागि बेलायतभन्दा बढी आकर्षक ठाउँ हो,” स्मिथले बीबीसी रेडियोसँग भने ।

प्रतिस्पर्धा बजार प्राधिकरण (सिएमए)को यो निर्णय बेलायतमा माइक्रोसफ्टको ४० वर्षको उपस्थितिको ‘सम्भवतः सबैभन्दा कालो दिन’ भएको उनले बताए ।

यसले माइक्रोसफ्टको भविष्यको बेलायती लगानी निर्णयलाई असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा स्मिथले भने, “यसले पक्कै पनि मद्दत गर्दैन ।”

जवाफमा प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले भने, “बेलायतमा अत्यन्त आकर्षक प्रविधि क्षेत्र छ र डिजिटल खेलको बढ्दो बजार छ ।”

“हामी माइक्रोसफ्ट र अन्य कम्पनीहरूसँग सक्रिय रूपमा संलग्न रहनेछौं,” उनले भने ।

सीएमएले आफ्नो निर्णयले बेलायतले प्रतिस्पर्धालाई समर्थन गरिरहेको र व्यापारका लागि पूर्ण रुपमा खुला रहेको देखाएको बताएको छ ।

एक्टिभिजन र माइक्रोसफ्टले पनि यो निर्णयले सन् २०२१ को सुरुमा युरोपेली सङ्घबाट बहिर्गमनपछि देश विश्वव्यापी प्रविधिको हब रहेको बेलायतको आग्रहको खण्डन गरेको तर्क गरेका छन् ।

“ईयूबाट बहिर्गमनपछि बेलायतले अझ लचिलो हुने, लगानीका लागि राम्रो हुने, प्रविधिका लागि राम्रो हुने गरी संरचना निर्माण गर्नेछ भन्ने आशा गरेका हामी सबैका लागि अहिले उल्टो देखिएको छ,” स्मिथले भने ।

उनले माइक्रोसफ्ट आशावादी रहेको र ईयूका नियामकहरूले सीएमएले अस्वीकार गरेका प्रतिबद्धतालाई अझ उपयुक्त मानेको बताएका छन् ।

एक्सबक्सको मालिक माइक्रोसफ्टले सन् २०२२ को सुरुमा चीनको टेन्सेन्ट र जापानको प्लेस्टेशन निर्माता ‘सोनी’ पछि विश्वको तेस्रो ठूलो गेमिङ फर्म सिर्जना गर्न एक्टिभिजनको लागि बोलपत्र आह्वान गरेको थियो ।

एक्टिभिजनको चर्चित शीर्षकहरूमा ‘क्यान्डी क्रश’ र ‘वल्र्ड अफ वारक्राफ्ट’ पनि समावेश छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ४१ बजे