मन्त्रिपरिषद् फेरी विस्तार, कांग्रेसका तीन नेता बने मन्त्री



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तीन जनालाई मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन मन्त्रीहरु नियुक्त गरेका हुन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।

मन्त्री भएका मध्ये गुरुङ र लिम्बु दुई जना शेखर–गगन समुहका हुन् भने बस्नेत देउवा समुहका हुन् । गगनले आफ्नो समुहबाट तीन जनालाई मन्त्री बनाउनुपर्ने बताउँदै आएपनि देउवाले दुईलाई मात्र मन्त्री बनाएका छन् । सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : १६ बजे