नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएका छन् । प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गरेका छन् ।

सो क्रममा उनले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १ : ३९ बजे