मेक्सिकोमा गर्मीका कारण आठ जनाको मृत्यु



मेक्सिको सिटी । मेक्सिकोमा अप्रिलको मध्यदेखि बढेको गर्मीका कारण आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएअनुसार राजधानी मेक्सिको सिटीमा यो हप्ता तापक्रम ३५ डिग्री सेल्सियस (९५ फरेनहाइट) पुगेको छ।

गत अप्रिल १४ देखि जुन १२ को बीचमा सात जनाको हेटस्ट्रोक र एक जनाको डिहाइड्रेसनका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मोन्टेरीको उत्तरपूर्वी शहरमा, तापमान ४० डिग्री नाघेको छ जसले गर्दा घरहरूमा पानी आपूर्ति कम भएको र वातानुकूलनका लागि बिजुलीको बढ्दो माग बढ्दो छ ।

मोन्टेरीका बासिन्दा वेन्डी टिजेरिनाले शहर औद्योगिक क्षेत्रमा पर्ने भएकाले गर्मी बढी भएको बताइन्।
“यहाँ पानीको अभाव छ, तपाईले बच्चाहरूलाई नुहाउन सक्नुहुन्न । फ्यान पनि प्रयोग गर्न सक्नुहुन्न किनभने तिनीहरूले बिजुली काटिएको छ,” उनले एएफपीलाई भनिन्।
उनले आफ्नो परिवारले बाच्ब कै लागि धेरै पानी पिउने प्रयास गरेको बताइन् ।
न्युभो लियोन राज्यको सरकारले घामबाट बच्न बच्चाहरूलाई स्कूल जाने समय दिनको दुई घण्टामा सीमित गरेको छ।
गत वर्ष मेक्सिकोले देशका केही भागहरूमा गर्मीको लहर र वर्षाको अभावको रूपमा खडेरीको आपतकाल घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ५७ बजे