उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु



रामल्लाह । उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा २१ वर्षीय खालिद असासे, १५ वर्षीय अहमद सक्र र २९ वर्षीय कासम अबु सेरेहको मृत्यु भएको छ भने अन्य ६ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रत्यक्षदर्शीहरूले जनाएअनासर ड्रोन र हेलिकप्टरहरूको समर्थनमा इजरायली सेनाले शहर र छेउछाउको शरणार्थी शिविरमा आक्रमण गरेको र सो क्षेत्रको निरीक्षण गर्ने उच्च भवनहरूको छतमा स्निपरहरू तैनाथ गरिएको थियो।

उक्त शहर र शरणार्थी शिविरमा दर्जनौं प्यालेस्टिनीहरू, लडाकूहरू र इजरायली सैनिकहरू बीच भीषण झडप भएको र गोली र विस्फोटको ठूलो आवाज सुनिएको थियो।

प्रत्यक्षदर्शीहरूले सैनिकहरूले प्यालेस्टिनीहरूलाई गोली हानेको र प्यालेस्टाइनीहरूलाई तितरबितर पार्न पर्कसन ग्रेनेड र अश्रुग्यास पनि प्रहार गरेका थिए भने प्यालेस्टाइनीहरूले सैनिकहरूलाई ढुङ्गा र गोली प्रहार गरेका थिए ।
साथै इजरायली सेनाको बुलडोजरले शहरको अल(जब्रियत छिमेकमा आपूर्ति गर्ने पानीको मुख्य पाइपलाई नष्ट गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ५९ बजे