अलिबाबाका संस्थापक ज्याक मा काठमाडौंमा



काठमाडौं– अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन् । उनी निजी जहाज बोइङ ७३७ म्याक्स बाट

काठमाडौंमा साढे २ बजे उत्रेका हुन् । श्रोतका अनुसार, उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आएका हुन् । उनीसँग पाँच जनाको टोली रहेको छ । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बरमा छन् भने विश्वका डलर अर्बपतिहरुको सूचीमा उनी ६३ औं स्थानमा पर्छन् । उनको सम्पति २३.५ बिलियन अमेरिकी डलर छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ४६ बजे