सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता



काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् ।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन् । सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गर्नु भएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ०७ बजे