प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै



काठमाडौं – प्रधानन्यायाशीध र रिक्त संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । यसअघि थाती रहेका एजेन्डाहरूमा आज छलफल हुने छ । आज रिक्त रहेका संवैधानिक अंगमा सिफारिसबारे पनि छलफल हुने जनाइएको छ ।

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको साउन २० गतेदेखि पदावधि सकिँदै छ । तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन । आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।

त्यस्तै, महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ । संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नु पर्ने थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : ३३ बजे