विवादास्पद अभिव्यक्तिको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे रिहा



काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको भन्दै त्यसका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिह?ले दिएको उजुरीको आधारमा बुधबार बिहान पक्राउ गरिएकी उनलाई विहीवार छाडिएको हो । अदालतले प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै हिरासतमा राख्न म्याद दिएन ।


पाण्डेले एक अन्तवार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : ५० बजे