काठमाडौंमा पाकिस्तानको ७६ औ स्वतन्त्रता दिवस मनाइयो



काठमाडौं– नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघसँगको सहकार्यमा पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा होटल याक एण्ड यति, काठमाडौंमा स्वागत समारोह आयोजना भयो ।

कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव प्रमुख अतिथि थिए । कार्यक्रममा नेपालका नागरिक समाजका सदस्य, बुद्धिजीवी, पत्रकार, कूटनीतिज्ञ र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबीचको घनिष्ठ सौहार्दपूर्ण सम्बन्धको स्मरण गरे ।उनले काइद –ए– आजम मुहम्मद अली जिन्नालाई उद्धृत गर्दै पाकिस्तानको विदेश नीति मित्रता र शान्तिपूर्ण सहअस्तित्वको हुने बताए । उनले नेपाल र पाकिस्तानबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहेको र विभिन्न क्षेत्रमा बलियो सम्बन्धको विकास भएको बताए ।

राजदूतले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रवद्र्धन गर्ने प्रयासको प्रशंसा गरे। उनले दुई जनता र राज्य संस्थाहरू बीचको मित्रता कायम गर्न ठूलो योगदान र्पुयाउने स्वर्गीय अध्यक्ष हिमालय शमशेर राणाप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले दक्षिण एसियाका जनताको आकांक्षाअनुरूप शान्ति र विकासका लागि पाकिस्तानको प्रतिबद्धता दोर्होयाए ।
एनपीएफसीएका अध्यक्ष मञ्जु रत्न शाक्यले नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रवद्र्धन गर्न र यसलाई नयाँ उचाइमा पु¥याउन संघ विगत ६२ वर्षदेखि सक्रिय रहेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १० : २७ बजे