२०७९ सालको मदन पुरस्कार विवेक ओझाको ‘ऐठन’ लाई, टेकवीरलाई जगदम्बा



काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ५० बजे