भारतीय विदेशमन्त्री नेपाल आउँदै, बिद्युत व्यापार प्राथमिकतामा



काठमाडौं – भारतीय विदेश सुब्रमण्यम जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन बिहीबार नेपाल आउँदछन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा उनी आउन लागेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिएका छन् । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो । उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् ।
भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट पनि गर्नेछन् । नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा भारतले नेपालबाट दश बर्षमा दश हजार मेगावाट बिद्युत खरिद गर्ने सम्वन्धि सम्झौतामा हस्ताक्षर हुँदैछ । त्यसबाहेक पश्चिम सेती जलबिद्युत परियोजना, पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन, बैकल्पिक हवाइरुट, नेपाललाई भारतले साना परियोजनामा दिंदै आएको रकम बृद्धि लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : ४७ बजे