त्रिविको उपकुलपति दरखास्त आह्वान रद्ध



काठमाडौं– चौतर्फी विरोध भएपछि त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । निश्चित व्यक्तिका लागि मात्र योग्य हुने गरी उपकुलपतिको विज्ञापन खुलाइएको थियो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको हो । समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्भ गरिएको हो ।

सूचनामा उल्लेख भएका प्रावधानका बारेमा सार्वजनिक असन्तुष्टी चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धामा आफ्नो चाहना रहेको भन्दै त्यसैअनुसार नियुक्त हुने बताएका थिए । शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ५० बजे